शिक्षकहरुका पिडा बिशेष देउडा गित…

ज्ञानको ज्योती बाण्या हात, आज कस्या थक्या ।।
समाजका यई गराइले, मन रोएको धेक्या ॥

आफु जली समाजलाई, धेकाउनो छ बाटो ।।

पीड़ा व्यथा भित्रै लुक्या, निसाब गरेइ माटो ।।

सम्मान दिई राखन्या ठाउँमा, आरोपको वर्षा भ्यो ।।
शिक्षा रूपी ज्ञान बाण्णाकी,आत्मबल टुटी ग्यो ।।

छुचा कि ल्या हे भगवान, कि धर्म कि पाप ।।
यिन विधाता गद्या हुनकी, सत्यको निसाफ ।।

शिक्षाका अगुवा जो हुन, उइका पछा पड्डा ।।

तेरी कसो मेरी कसाे भणी, भित्र भित्रै लड्डा ।।

ज्यान फाल्यो शिक्षाकी लेखा, समाजका हित ।।
पापी दैब काल बैरीले , खेल्यो जीबन सित ।।

शिक्षकका तन पिर बेथा, मुटु भित्रै बग्या ।।
परिवारलाई पिड़ा दिई, जीन्दगीभर थाक्या

कर्णालीका भेल सितै, मन पनि गुडायो ।।
समाजका धमिराले, घरवार उडायो ।

परिवारको बिछोड़ भयो, मनै चिरा पारी ।।
ज्ञान रूपी सत्य गंगा, सबकी भयो भारी ।।

रचना : शिक्षक कृष्ण दत्त भट्ट
स्थायी ठेगाना : मेलौली नगरपालिका ६ हतरंगा , वैतडी
हाल : श्री केदार शिशु सुधारक मा।वि। अजयमेरु ५ खोली मटेला, डडेल्धुरा।

Leave A Reply

Your email address will not be published.