डडेल्धुराको भागेश्वर गाउँपालिकामा शैक्षिक सुधार वर्ष बनाउन अभियान

डडेल्धुरा -शैक्षिक सत्र २०८० लाई शैक्षिक सुधार वर्ष बनाउने लक्ष्यअनुसार डडेल्धुराको भागेश्वर गाउँपालिकामा अभियान सञ्चालन गरिएको छ । सोही अभियानअन्तर्गत गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीच ३४ बुँदे कार्यसम्पादन करार सम्झौता पनि भएको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश पौडेलका अनुसार योजनाविहीन भएर कुनै पनि शिक्षकले कक्षा कोठामा प्रवेश गर्न नपरोस् भन्नका लागि सम्पूर्ण शिक्षकलाई शैक्षिक योजना डायरी वितरण गरिएको छ ।‘हरेक विद्यालयमा माषिक र वार्षीक योजना पनि बनाइएको छ,’ उनले भने, ‘सोहीअनुसार समिक्षा पनि हुन्छ ।’ पौडेलले प्रत्येक विद्यालयमा सूचना अधिकारी र सुझाव पेटिका पनि राख्ने सहमति भएको बताए । उत्कृष्ट शिक्षक र विद्यालयलाई पुरस्कृति गर्ने योजना पनि गाउँपालिकाको रहेको शिक्षा शाखा प्रमुख पौडेलले बताए ।

Leave A Reply

Your email address will not be published.