अस्ताए डडेल्धुराको साहुखर्कका ‘खिर बाजे’

डडेल्धुरा– डडेल्धुराको साहुखर्कका ‘खिर बाजे’को निधन भएको छ। डेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ। २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन्। उनले उक्त व्यवसाय सुरु गरेपछि नै आजभोलि साहुखर्कमा अन्य खिर पसल पनि सञ्लालनमा आएका छन्।

३१ वर्षदेखि खीर बेच्दै आएका देउवाको हातले बनेको खिर अब कसैले चाख्न पाउने छैनन्। उनको निधनप्रति गन्यापधुरा गाउँपालिका गणेशपुर डडेल्धुराले समवेदना प्रकट गरेको छ।

Leave A Reply

Your email address will not be published.