बैतडीको शिवनाथस्थित तल्लो गोर्रागाडमा पुल निर्माण

बैतडी– बैतडीको शिवनाथ गाउँपालिका– ६ बसेडिभ्वाको तल्लो गोर्रा गाडमा पुल निर्माण भएको छ । पुल निर्माण भएपछि आवतजावत गर्न सहज भएको स्थानियले बताएका छन् ।
वर्षातको समयमा सो ठाउँका बासीन्दालाई आवतजावत गर्न समस्या भइरहेको थियो । तर अब पुल निमार्ण भएपछि सहज भएको वडा अध्यक्ष भरतराम पार्कीले बताए ।
उनले भने, ‘पानि परेको बेला शिवनाथ मन्दिर जाने बाटोमा पर्ने गोर्रा गाडमा पुल थिएन, जसले गर्दा आवाज जावतमा समस्या भएको थियो। वडाको बजेटबाट पुल निर्माण गरिएको हो ।’
तल्लो गोर्रा गाडमा पुल निर्माण हुँदा स्थानियबासि पनि खुसि भएको वडा अध्यक्ष पार्किले बताए।
यस्तै रेडियो मेलौली एफएमको समयसन्दर्भ कार्यक्रममा बोल्दै अध्यक्ष पार्किले आफ्नो एक बर्षे कार्यकालमा जनताको हितमा काम गर्न सकिएको बताए ।
उनले भने, “शिक्षा क्षेत्रको गुणस्तर सुधार, शिक्षक र अभिभावकलाई समुन्वय गरि अन्तरकृया कार्यक्रम, जेष्ठ नागरिको स्वाथ्यलाई ख्याल गर्दै निःशुल्क आखा शिबिर सञ्चालन, वडामा एकल पुरुषलाई बाख्रा बितरण, प्रधानमन्त्रि रोजगार सम्बन्धि नागरिकलाई अभिमुखिकरण लगायत थुप्रै काम गर्न सकिएको छ ।’’

यस आर्थिक बर्ष २०७९÷०८० को योजनाहरुको करिब ९० प्रतिशत काम सशक्त ढङ्ले सम्पन्न गरिएको र बाकि रहेको काम यसै आर्थिक बर्षमा सम्पन्न गरिसक्ने लक्ष्य रहेको समेत उनले बताए । । जनताको मतले निर्बाचित भएर आएपछि सधै जनताको हितमा काम गर्दै अगाढि बढ्ने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.