डडेल्धुराको एक खोलामा मिनी ट्रक खस्यो

डडेल्धुरा- डडेल्धुराको एक खोलामा मिनी ट्रक खसेको छ। केआइसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खसेको हो।
सोमवार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उक्त खाद्यान्न बोकेको ट्रक डोटीको जोरायल गाउँपालिका–२ बस्ने २३ वर्षीय प्रकाश मल्लले चलाइरहेका थिए। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ। ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.