बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु

बझाङ– बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर–८ रजाडाकी १७ वर्षीया हिउकला बोहराको आज (शुक्रवार) भिरबाट लडेर मृत्यु भएको हो ।

 

शुक्रवार बिहान केदारस्युँ गाउँपालिका वडा नम्बर–९ को कुलिवान भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाईएको छ ।

 

Leave A Reply

Your email address will not be published.