खोलाले बगाउँदा एक बालिकाको मृत्यु

 

 

कैलाली– कैलालीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका–१२ मा खहरे खोलाले बगाउँदा सोहि ठाउँका भिमबहादुर खत्रीकी ६ वर्षीया छोरी गीता खत्रीको मृत्यु भएको हो। बालिकालाई स्कुलबाट घर फर्किने क्रममा खहरे खोलाले बगाएको हो।
बालिका बगेको खबर पाएपछि उक्त स्थानमा इलाका प्रहरी कार्यलय मालाखेतीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले बालिकाको शव बगेको स्थानबाट दुई मिटर तल मृत अवस्थामा फेला पारेको हो।

 

Leave A Reply

Your email address will not be published.