बझाङमा जेसिबि दुर्घटना

 

बझाङ– बझाङमा जेसीबी दुर्घटनामा परेको छ । जिल्लाको छबिस पाथिभेरा गाउंपालिकामा जेसीबी दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

आज बिहान ६, बजे वडा नम्बर ४ को ब्यासी बजारको बालुवा खानीमा बा ३ झ २३३५ नम्बरको बिद्या ज्योती कन्ट्रक्सनको जेसिबि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जेसिबि दुर्घटना हुदा जेसिबि चालक नुवाकोट बिदुर नगरपालिका– ११ बस्ने अन्दाजी २८ बर्षिया युवराज तिमिल्सेना घाइते भएका छन् । उनको अबस्था मध्यम रहेको र उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटना भए लगत्तै प्रहरी सहायक निरीक्षक देब सिह कुँवर सहितको ३ जनाको टोलि घटनास्थलमा पुगेर घाइतेको उद्धार गरीएको थियो । जेसिबि सडक बाट २५० मिटर तल खसेकाले पुर्ण रुपमा क्षती भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.