डडेल्धुरामा भरुवा बन्दुक फेला

डडेल्धुरा– डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ ।

जिल्लाको पर्शुराम नगरपालिका वडा नम्बर–५ मा सिद्धानाथ सामुदायिक वनभित्र जोगबुढा वन उपभोक्ता समिति र स्थानियहरुले बोटबिरुवा वृक्षारोपरण गर्ने क्रममा बिहीवार साँझतिर एक नाले भरुवा बन्दुक बेवारिसे अबस्थामा फेला पारेका थिए ।

बन्दुक फेला पर्नासाथ स्थानियहरुले प्रहरीलाइ जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई उक्त भरुवा बन्दुक बरामद गरि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.