साउन बनेर आउँछ याद, झरि बनेर आउँछ।
भत्काउन मनको बाँध, मनपरि बनेर आउँछ।।
छरिएकै बटुल्ने काम दिन्छ, यो सपनिले पनि ।
एउटै देखेको उनको मुहार,थरिथरि बनेर आउँछ।।
आउँनु साउन हर नारीको सौभाग्य लिएर ।
रङ्गिउँन तिम्रै रङ्गमा भक्तिका आस्था दिएर ।।
तिम्रा भेलले बाढी पहिरोको प्रकोप नबढोस् ।
लागिसकेका घाउ नि बस्न सकून चित्त सिएर ।।