अजयमेरु २ ले विपन्नको स्वास्थ्य बिमा गर्ने, छात्रवृत्तिका लागि छुट्याइयो डेढ लाख

डडेल्धुरा- जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर २ ले वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०र०८१ को वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

वडा अध्यक्ष शिवराज भट्टका अनुसार चालू आर्थिक वर्षमा वडाले २९ लाख ३२ हजारका २३ योजना कार्यान्वयन गर्नेछ । वडाले अति विपन्न नागरिकको स्वास्थ्य बिमा र उनीहरुले पालेका पशुको बिमाका लागि एक लाख ५० हजार बजेट विनियोजन गरेको वडा अध्यक्ष भट्टले बताए ।

यस्तै वडा अध्यक्ष भट्टका अनुसार दलित विद्यार्थीका लागि उच्च शिक्षा र वडा अध्यक्ष प्राविधिक छात्रवृत्तिका लागि पनि छुट्टाछुट्टै कार्यक्रममार्फत डेढ लाख बजेट विनियोजन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.