बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा आजबाट सञ्चालन भएको छ। बैतडीमा ६ ओटा परिक्षा केन्द्रबाट परिक्षा सञ्चालन भईरहेको जिल्ला विकास तथा समन्वय ईकाई बैतडीले जनाएको छ।
जिल्लाको मणिलेक माबि मेलौलीको परिक्षा केन्द्रमा अनुगमन समेत गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख नरेन्द्र अवस्थी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाही, सशस्त्र प्रहरी बल, नेपाल नं. ५१ गुल्म हेडक्वाटर.बैतडीका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजारा, राष्ट्रिय अनुसन्धान कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत अर्चना सिन्हा र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले परिक्षा केन्द्रहरुमा पुगि अनुगमन गरेका हुन।
यसैगरी मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्द र प्रमुख प्रशासकिय अधिकृत सपना कार्कि र शिक्षा शाखा प्रमुख मनु क्षेत्रिले पनि मणिलेक माबिको परिक्षा केन्द्रको अनुगमन गरेका छन।
अनुगमनका क्रममा परिक्षा केन्द्रका अवस्था, सुरक्षा ब्यवस्था, परिक्षा केन्द्रमा सञ्चालन गरिएको हेल्थडेस्को अवस्था र परिक्षा के कसरि सञ्चालन भईरहेको छ भनि अनुगमन गरिएको जनाईएको छ। मणिलेक माबिको परिक्षा केन्द्रमा मेलौली नगरपालिका, शिबनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका भरिका परिक्षार्थीहरु सहभागि भएका छन।
पहिलो दिनको परिक्षा शान्त र मर्यादित तवरले सम्पन्न भएको बिद्यालयले जनाएको छ।