डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु

डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका-५ तुफानडाँडाकी ४६ वर्षीया जानकीदेवी महरको छतबाट लडेर मृत्यु भएको हो। बुधवार साँझ आफ्नै घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।

घाइते महरलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोमा त्यहाँबाट धनगढी रेफर गरिएको थियो। धनगढी ल्याउने क्रममा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।pinterest sharing button

Leave A Reply

Your email address will not be published.