करातेमा बैतडीका कलौनीले दिलाए नेपाललाई प्रथम स्थान

बैतडी।
भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ ।

नेपाललाई प्रथम स्थान हासिल गराउन बैतडी घर भएका राजेन्द्र कलौनीले गोल्ड मेडल प्राप्त गर्नुभयो ।

नेपालले बङ्लादेशलाई हराएर प्रथम भएको हो । प्रतियोगितामा बङ्गलादेश दोस्रो र भारत तेस्रो भएको छ ।

नेपाललाई गोल्ड मेडल दिलाउन सफल कलौनी नेपाल लोकतान्त्रिक खेलकुद संघ का बैतडीका अध्यक्ष समेत हुनुहुन्छ ।

साउथ एसियन लाठि स्पोर्ट्सको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित, भारत,बङ्गलादेश,भुटान र श्रीलंका सहभागी थिए ।

प्रतियोगितामा लाठी र कराते मात्रै रहेको थियो । लाठीमा भने भारतले पहिलो स्थान पाएको छ ।

Leave A Reply

Your email address will not be published.