बैतडी । डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेपालि नारिहरुको माहान चाडँ हरितालिका तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिकाको आयोजनामा एक कार्यक्रमका बिच शुभकामना आदान प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताए।
गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको जनाईएको छ। कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाका कर्मचारी, वडाका जनप्रतिनिधि लगायत वडाबासि महिलाहरुको सहभागितामा कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष पालले बताए।
कार्यक्रममा देउडा र तिजका भाकामा नृत्य गरिएको जनाईएको छ।