बैतडीका दुई घरबाट सुन सहित नगद चोरी

बैतडी–बैतडीका दुई घरबाट सुन सहति नगद चोरी भएको छ । पाटन नगरपालिका ४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट बुधबार सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो।

बुधबार गंगासिंह महराको घरबाट एक तोला चार आनाको गलोबन्द र ४ आनाको तिलरी चोरी भएको छ । यस्तै सोही ठाउँका तारासिंह महराको घरबाट २ आना र ५ आनाको दुईटा तिलरीसहित नगद ६ हजार तीनसय रुपैंया चोरी भएको प्रहरीले जनाएको छ ।

घरभित्र बाकसमा राखेका सुनका गहना र नगद चोरी भएको स्थानीय तारासिंह महराले बताए । गाउँमा दिउँसो एकजना अपरचित व्यक्ति आएको जानकारी भएको तर को हो भन्ने कुरा अहिले सम्म नखुलेको बताइएको छ ।

चोरी कार्यमा संलग्न व्यक्तिको खोजी कार्य  र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1 Comment
  1. Krishna dhanik says

    Jel garne

Leave A Reply

Your email address will not be published.