हाम्रो लिपुलेक पारी लिम्पियाधुरा, झरौँ न नेपाली ।
हातमा हात समाई त्यो कालापानी, तरौँ न नेपाली ।।दुश्मन बस्यो हाम्रो चौडा छातीमा, काँडेतार राखेर ।
मुटुको पीडा सकिन्न खप्न अब, केही गरौँ न नेपाली ।।हाम्रा पुर्खाले लडे नालापानीमा, अनि वीरता देखाए ।
पुर्खाको गौरव गुमाउनु भन्दा त, सँगै मरौँ न नेपाली ।।सुस्ता अनि कालापानीमा ती, दुश्मनको रगत बगाई ।
सधैँ नै दुख्ने हाम्रो यो घाउमा, मलम भरौँ न नेपाली ।।तिमी मधेशी म हिमालमा जन्मी, पहाडमा हुर्केको ।
आऊ तिमी र हामी मिलेर, सुवास छरौँ न नेपाली ।।सागर बिष्ट
मेलौली नगरपालिका-८ कोटीगाऊ, बैतडी !