बैतडीकाे मेलाैलीमा बलात्कारको आराेपमा एकजना पक्राउ

बैतडी । बलात्कारको आराेपमा बैतडीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलाैली नगरपालिका ५ खलिगाडका २८ वर्षीय नरेश जाेशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक याेगेश खत्रीले जानकारी दिनुभयाे ।

जाेशीमाथि असाेज २१ गते बिहान मेलाैली ६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिला करणी गरी भागेका आराेप छ । भागेका जाेशीलाई आज लामालेकबाट पक्राउ गरेकाे हाे।

पक्राउ परेका जाेशीबिरूद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.