बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडी देशभरीबाट कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्ट १० औँ स्थानमा रहेको छ । देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूमध्ये ९४ ५६ अंक सहित १० औ स्थान हासिल गरी अति उत्कृष्ट कार्यालय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारी बीच सम्पन्न गत आर्थिक वर्ष ९२०७९।८०० को कार्यसम्पादन मूल्याङ्कनमा देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूमध्ये ९४.५६ अंक सहित १० औ स्थान हासिल गरी अति उत्कृष्ट कार्यालय भएको जानकारी गराइएको छ ।
सुशासन, विकास, सेवा प्रवाह, विपद् व्यवस्थापन, विकास व्यवस्थापन र समन्वयका सन्दर्भमा खटिने जिल्ला प्रशासन कार्यालय, बैतडीका सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरिएको छ ।