डडेल्धुराको अजयमेरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जितेन्द्र ओझाले पाएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत रहेका ओझालाई अजयमेरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।
मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी अजयमेरुमा ओझालाई कामकाज गर्न खटाइएको हो ।