बगरकोट देखि चौड जोड्ने सडक सञ्चालनमा:स्थानीय सुखी

डडेल्धुरा-भागेश्वोर गाउपालिका वडा न। ४ बगरकोट देखि चौड जोड्ने सडक सञ्चालनमा आएको छ। आईतबारबाट सडक सञ्चालनमा आएको हो। यो सडक सञ्चालनमा आए सङ्गै अब वडा न. ४ का सबै गाउँमा सडक पुगेको भागेश्वोर गाउँपालिका वडा न. ४ का अध्यक्ष बसन्त राज चटौतले बताए। ५ लाख लागतमा सडक निमार्ण कार्य सम्पन्न भएको पनि उनले बताए ।

सडक सञ्चालनमा आएपछि वडा तथा गाउँपालिकाको सरकारी कामकाज गर्न सजह हुने हुँदा निकै सुखी लागेको स्थानीय दान सिंह बोहराले बताए। डडेल्धुरा सदरमुकाम देखि चिरकिटे हुदै चौड जोड्ने सडक पहिले नै सञ्चालनमा रहेको छ ।

तर यता गाउँपालिकाको केन्द्र बगरकोटबाट चौड जोड्ने सडक नहुदाँ स्थानीयले सरकारी कामकाजको लागि डेढ् घण्टा पैदल हिडेर गाउँपालिकाको केन्द्र बगरकोट जानुपर्ने बाध्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.