बैतडी । डडेल्धुराको अजयमेरु गाउँपालिका-०६ राजलुलमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। आईतवार सुदुरपश्चि प्रदेश सभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको वडा अध्यक्ष हरि सिह भण्डारीले बताए।
स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन अस्थायी प्रहरी चौकीको स्थापना गरिएको वडा अध्यक्ष भण्डारीले बताए। स्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने र ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने विश्वास गरिएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यायल डडेल्धुराका प्रमुख दिपक कुमार कार्कि, प्रमुख जिल्ला अधिकारि, गाउँपालिका अध्यक्ष उमेश भट्ट (बिकास), उपाध्यक्ष बसन्ती पाल लगायत स्थानीयहरुको सहभागिता रहको थियो।
राजुलमा स्थापना गरिएको पोष्टमा सात जनाको टोली रहने जनाईएको छ। सात स्थानीय तह रहेको डडेलधुरामा प्रहरी चेक पोष्टहरुको संख्या १० पुगेको छ।