फागुन १ गते ‘स्वर्ण महोत्सव’ मनाउदै डडेल्धुराको भागेश्वर माबि सलौन

बैतडी । फागनु १ गते डडेल्धुराको परशुराम नगरपालिका–१ सलौन स्थित भागेश्वर माद्यमिक बिद्यालयले ‘स्वर्ण महोत्सव’ मनाउने भएको छ। आउदो फागुन १ र २ गते विद्यालय स्थापनाको ५१ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस एबम् ‘‘स्वर्ण महोत्सव’ मनाउने भएको हो।

विद्यालय संस्थापक, जमिनदाता, पुर्व विद्यालय व्यवस्थापन समिति, पुर्व प्रधानाध्यापक, पुर्वबिद्यार्थी, जेष्ठ अभिवाबक, शिक्षाप्रेमीलाई सम्मान, विद्यालयका, अत्तिरिक्त कृयाकलाप, बिबिध मनोरञ्जनात्मक र सास्कृतिक, धार्मीक सत्यनारण कथा सहित ‘स्वर्ण महोत्सव’ मनाईने विद्यालयका प्रधानाध्यापक करबीर सिह बोहराले वताए।

२०२९ सालमा न्यून विद्यार्थी र एक जना मात्रै शिक्षक गुरुवाट गाउँकै चौतारोमा अक्षराम्भ, क, ख, रा र बाह्खरीवाट सुभारम्भ भएको बिद्यालय अहिले माबि तह सम्म सञ्चालनमा रहेको छ। ४ जना राहत ३ जना नगर अनुदान २ जना संघिय अनुदान, ३ स्थायी २ जना वालविकास सहजकर्ता, १ जना लेखा सहायक र १ जना कार्यालय सहयोगि गरि विद्यालयमा हाल १६ जना कर्मचारी रहेका छन।

वालविकास तह देखी कक्षा १० सम्म ३ सय ४६ जना छात्र÷छात्रा विद्यालयमा अध्ययनरत रहेको प्रधानाध्यापक बोहराले वताए। ५१ वर्ष सम्म भागेश्वर माबि सलौनले हजारौको संख्यामा दक्ष र योग्य जनशक्ति उत्पादन गरिसकेको बिद्यालयका पुर्व प्रधानाध्यापक नैनसिंह धामीको भनाई छ। शिक्षण पेषा, निजामती, राष्ट्रसेवक, स्वास्थ्य क्षेत्र ,खेलकुद ,व्यवसायिक र राजनितिक क्षेत्रमा यहाँको जनशक्ति उच्च स्थानमा रहेको छ। २०८० भाद्र महिनामा म भागेश्वर माबिवाट सेवा निबृत्त भए विद्यालयले हाल शैक्षिक, भौतिक र आर्थिक रुपमा गति लिई रहेको छ, पहिले निकै समस्या थियो। भौतिक रुपमा सम्पन्न भए पनि, खेल मैदान छात्र/छात्रा र वालमैत्री सौचालय, खानेपानी, शिक्षक कर्मचारी सौचालय, अभावै छ। गाउँ वस्ती र शहर सम्म शैक्षिक गुणस्तर सुधारका सवाल उठिरन्छन अभिवाबक, शिक्षक, विद्यार्थी र स्थानिय सरकार मिलेर शैक्षिक गुणस्तर सुधारमा लाग्नु पर्ने उनले धारणा व्यक्त गरे।

सबैले साकारात्मक सोच र जिम्मेवारवोध भए नगरपालिकाको शैक्षिक गुणस्तर सुधार हुने ‘ऊनले सुनाए।

Leave A Reply

Your email address will not be published.