सरस्वती नमुना माध्यमिक बिद्यालयको ७३ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी : सरस्वती नमुना माध्यमिक माध्यमिक बिद्यालयको ७३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। भागेश्वर गाउँपालिका–०३ बोगटामा रहेको सो बिद्यालयले फागुन १० गतेदेखी १२ गतेसम्म त्रिदिवसीय कार्यक्रमका रुपमा ७३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष राम बहादुर शाहीको सभाध्यक्षता र भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा गाउपालिका उपाध्यक्ष पुष्पा ठगुराठि, भागेश्वर गाँउपालिका–०२ का वडा अध्यक्ष डम्बर राज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष बसन्त राज चटौत, वडा न.५ का वडा अध्यक्ष नरेन्द्र बहादुर थापा मगर, कार्यपालिका सदस्य रमेश दयाल बिशिष्ट अतिथि रहनु भएको थियो।

ार्यक्रममा बिद्यालयले बर्षभरी गरेका काम कार्वाही, प्रगतीको बारेमा समिक्षा गरिएको थियो। त्रिदिवसीय रुपमा मनाईएको कार्यक्रममा बोल्दै गाउँपलिका अध्यक्ष हेमराज चटौतले बिद्यालयको चौतर्फि बिकासका लागि पालिकाबाट हुने हरेक किसिमको सहयोग गर्ने बताएका थिए। समाज रुपान्तरणको प्रमुख संबाहक शिक्षा क्षेत्र रहेकाले भागेश्वरको शिक्षा स्थिति सुधार गर्न आफु प्रतिबद्ध रहेको उनले बताएका थिए।

यसैगरी गाउँपालिका उपाध्यक्ष ठगुराठिले बिद्यालयमा आफ्ना छोरा–छोरीहरुले के कसरि अध्ययन गरिरहेका छन, बिद्यालय गईरहेका छनकि छैनन भनेर अभिभावकहरुले पनि अनुगमन गर्नुपर्ने बताउनुभयो। शिक्षा क्षेत्रको स्तर सुधारका लागि शिक्षक अभिभावक र स्थानीय सरकारको भुमिका उत्तिकै हुने बताउनुभयो।

कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष शाहीले आफ्नो कार्यकालमा बिद्यालयलाई जिल्लाकै उत्कृष्ट एवं नमुना बिद्यालय बनाउने बताउनुभयो। बिद्यालयको चौतर्फी विकासका लागि हरेक ब्यक्ति, समाज, जनप्रतिनिधि र सम्बन्धित निकायसगं समन्वय गर्ने बताए। अहिले पनि बिद्यालयमा आफ्नो पहलमा बिभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन भईरहेका बताउनुभयो।

हिजोका दिनमा पनि आफु जनप्रतिनिधि भएकाले बिद्यालयको हरेक पक्षमा जनप्रतिनिधि र स्थानीय सरकारले भुमिका खेल्नुपर्ने बताए। त्रिदिवसीय रुपमा मनाईएको बार्षिकोत्सवलाई सम्पन्न गर्ने सबैलाई उनले धन्यबाद समेत दिए।

यसैगरी कार्यक्रममा बोल्दै बिभिन्न वडाका अध्यक्षहरु लगायत बिभिन्न ब्यक्तिहरुले बिद्यालयको बिकासका लागि आफ्नो तर्फबाट हुने हरेक किसिमको सहयोग गर्ने बताएका थिए। कार्यक्रममा लोक तथा देउडा गायक गोपाल दयाल, रमेश मल्ल, शेरी औजी, सुधिर जैरु, धनिराम गिरी, मोडेल रोजी कुवर लगायत बिभिन्न कलाकार र बिद्यार्थीहरुले सांस्कृति प्रस्तुती प्रस्तुत गरेका थिए।

साथै कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट पनि प्रत्यक्ष प्रशारण गरिएको थियो।

Leave A Reply

Your email address will not be published.