डडेल्धुराको भागेश्वरले खरिद गर्याे नयाँ एम्बुलेन्स

बैतडी : डडेल्धुराको भागेश्वर गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ। वडा नः २ मा रहेको रुपाल स्वास्थय चौकिको लागि नयाँ एम्बुलेन्स खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनुभयो।

आधारभूत स्वास्थ्य सेवा दिने जिम्मेवारी स्थानीय तहमातहत आएपछि सुत्केरीलगायत बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स खरिद गरेको जनाईएको छ। बिरामीलाई आपतकालीन सेवा दिनको लागि आर्थीक बर्ष २०८०÷०८१ को बजेटबाट करिब २३ लाखँ रुपियाँ खर्च गरेर गाउँपालिकाले ‘ख’ वर्गको एम्बुलेन्स किनेको प्रमुख प्रशासकिय अधिकृत भारतीले बताउनुभयो।

नेपाल सरकारले ‘क’ र ‘ख’ वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाउने नियम बनाएपछि गाउँपालिकाले ‘ख’ वर्गको एम्बुलेन्स खरिद गरेको हो। एम्बुलेन्सको बिहीबार गाउँपालिका अध्यक्ष हेमराज चटौत लगायत गाउँपालिका परिवारद्धारा पुजापाठ गरिएको छ।

एम्बुलेन्स नहुँदा बिरामीले महँगो भाडा तिरेर सवारीसाधन बुक गर्नुपर्ने अवस्था हट्दा नागरीकहरु खुसि भएका छन।

Leave A Reply

Your email address will not be published.