डडेल्धुरामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

डडेल्धुरा-डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–७ का अन्दाजी ६० वर्षीय केशव भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आज (मंगलबार) जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना हुँदा भट्टराईको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा सोही ठाउँका अन्दाजी ३२ वर्षीय चेतराज भट्टराई ९रोचन० घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

घाइते रोचनको अवस्था पनि गम्भीर रहेको बताइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। मृतक भट्टराई ०५४ सालका वडाध्यक्ष पनि हुन्। ०७४ र ०७९ मा पनि वडाध्यक्षमा चुनाव लडेका उनी पराजित भएका थिए।

Leave A Reply

Your email address will not be published.