डडेल्धुराको अजयमेरुमा एक नाले भरुवा बन्दुक फेला

डडेल्धुरामा एक नाले भरुवा बन्दुक फेला परेको छ। अजयमेरु गाउँपालिका(४ देवली जंगलमा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जंगलमा स्थानिय गोठालाहरुले बन्दुक रहेको भनि जानकारी गराउना साथ प्रहरी चौकी देवलदिब्यपुर डडेल्धुराबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरी कार्यालय डडेल्धुराबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.