डडेल्धुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा भेटिए सब ओभरसियर भट्ट

डडेल्धुरा-डडेल्धुरामा एक सब ओभरसेयर घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका छन्। आज (शनिबार) डडेल्धुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्मरदेव भट्ट (सन्तोष) घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन्।

उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपककुमार कार्कीले बताउनुभयो । उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ।

डम्बर हिजो बेलुकादेखि हराएका थिए। हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका हुन्।

उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएकोमा धनगढी रेफर गरिएको थियो। धनगढीमा पनि उपचार सम्भव नहुने देखिएपछि काठमाडौं लगिएको छ।

सब ओभरसेयर रहेका भट्ट निर्माण व्यवसायीसमेत हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.