अजयमेरु गाउँपालिकाको बजेट सर्वसम्मतले पारित

डडेल्धुराको अजयमेरु गाउँपालिकाको बजेट सर्वसम्मत रुपमा पारित भएको छ। गाउँपालिका केन्द्र भद्रपुरमा बसेको गाउँसभाको १५औं अधिबेशनको तेश्रो बैठकबाट आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट रु ४८ करोड ३१ लाख ७२ हजार सर्वसम्मत रुपमा पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र ओझाले बताए।

गाउँसभाको १५औं अधिबेशनको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष बसन्ती पालले पेश गरेको बजेट १५औं अधिबेशनको तेश्रो बैठकबाट पारित गरिएको हो। गत बर्षको कार्यक्रमलाई बजेटले निरन्तता दिएको छ।

बिदुर भत्ता देखी घरदैलोमा सरकारसम्म कार्यक्रमलाई प्राथमिकता दिएको छ भने व्यवसायीक किसानको कृषि दुर्घटना बिमा, गाउँपालिका अन्तगतका कार्यालयहरुमा जंङफुट निषेध गर्ने बिषयलाई बजेटले सम्बोधन गरेको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टले बताए।

पर्यटन तथा संस्कती संरक्षणमा १ करो ११ लाख, सहकारी व्यवस्थापन तथा मर्जका लागि १ लाख ५० हजार, एमबिबिएस अध्ययन छात्रबृती कार्यक्रम ६ लाखसहित शिक्षा क्षेत्रमा २ करोड ३५ लाख, स्वास्थ्य क्षेत्रमा २ करोड ९१ लाख लगायतको बजेट पारित गरेको छ।

Leave A Reply

Your email address will not be published.