डडेल्धुराको भागेश्वर गाउँपालिकाले गत आर्थिक बर्षको बित्तीय प्रगति सार्वजनीक गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले एक सूचना जारी गर्दै बित्तिय प्रगति सार्वजनीक गरेका हुन्।
गत आर्थिक बर्ष २०८०/०८१ मा पूँजीगत खर्च ७२।५५ प्रतिशत र चालु खर्च ८०।४४ प्रतिशत प्रगति भएको सूचनामा उल्लेख छ। पूँजीगत खर्चतर्फ ११ करोड ७१ लाख ५३ हजार विनियोजन गरेकोमा ८ करोड ५० लाख ३ हजार ९ सय ३९ रुपैयाँ खर्च भएको छ।
भने चालु खर्चतर्फ ३१ करोड २६ लाख ५३ हजार ६ सय १४ रुपैयाँ विनियोजन गरेकोमा २५ करोड १६ लाख ६ हजार ७ सय १ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए।
गाउँपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुको सक्रिय सहभागिता तथा बजेट र निती कार्यक्रम कार्यान्वयमा सहयोग गरेको धन्यावाद व्यक्त गरेका छन्।
