डडेल्धुरामा आएको असिना पानीले तरकारी खेतीमा क्षति

डडेल्धुरा -डडेल्धुरामा सोमवार आएको असिना पानीले तरकारी खेतीमा क्षति पुर्‍याएको छ।

एक्काशी आएको असिनाले पानीले जिल्लाको नवदुर्गा गाउँपालिका लगायतका अन्य क्षेत्रमा परेको असिना पानीले भखरै लगाएको तरकारी खेतीमा क्षति पुगेको छ।

असीना पानीले रायो, खुसार्नी, बन्दा, काउली र भखरै लगाएको आलुखेतीमा समेत क्षति पुगेको स्थानीयले बताए। यस क्षेत्रका अधिकांस कृषकहरूको तरकारीमा क्षति पुगेको छ। क्षतिको विवरण भने यकिन भएको छैन।

Leave A Reply

Your email address will not be published.