डडेल्धुराको अजयमेरुमा विद्यार्थीका लागि कान दाँत आँखा शिविर सम्पन्न

बैतडी : डडेल्धुराको अजयमेरुमा विद्यार्थीका लागि सञ्चालन गरिएको कान दाँत आँखा शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा अजयमेरु गाउँपालिकाको समन्वयमा शिविर सम्पन्न भएको छ।

शिविर अजयमेरु गाउँपालिका–६ अन्तर्गत चेतना माध्यमिक विद्यालय राजुलमा सञ्चालन गरिएको राजुल आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख भुवन पन्तले बताउनुभयो। शिविरमा कान, दात, आँखाको चेकजाँच तथा उपचार गरिएको उहाले बताउनुभयो।

शिविरबाट कान सम्बन्धि समस्या भएका ११३ जना, दात सम्बन्धि समस्या भएका ८० जना, आँखा सम्बन्धि समस्या भएका १३४ जना सेवा लिएका छन। यसैगरी छात्रा १२६ र छात्र ८८ गरि २१५ जनाले सेवा लिएका हुन।

७० जनालाई औषधी वितरण  गरिएको जनाईएको छ।

 

Leave A Reply

Your email address will not be published.