नागार्जुन मावि शर्मालीको ७९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी – शिवनाथ गाउँपालिका ०२ शर्मालीमा रहेको नागार्जुन माध्यमिक विद्यालयको ७९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बिहीबार एक कार्यक्रमबिच ७९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण सिंह साउदको सभाध्यक्षता तथा शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साउदको प्रमुख आथित्यमा कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक गोपालसिह साउँदले बताउनुभयो। वार्षिकोत्सबको अवसरमा विद्यालयले अक्षयकोष संस्थापक, सोहि विद्यालयबाट पहिलोपटक एसएलसि उत्तिर्ण गर्ने छात्रा, शिक्षक, पूर्व शिक्षक, विद्यालयका पदाधिकारीलाई सम्मान गरिएको जानकारी दिनुभयो।

यसैगरी प्रधानाध्यापक साउँदले विद्यालयको बार्षिक आयव्य प्रस्तुत गर्नुभएको थियो। विद्यालयका विभिन्न गतिविधिहरु सार्वजनिक गर्दै, विभिन्न परीक्षा, खेलकुद, अतिरिक्त क्रियाकलाप प्रतियोगिता, उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कार वितरण लगायत विद्यार्थीहरुका विविध साँस्कृतिक प्रस्तुतिका साथ वार्षिकोत्सब कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जानकारी दिनुभएको छ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सघं संस्थाका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.