दुर्घटनामा परेकालाई स्वास्थ्य केन्द्रसम्म निःशुल्क गाडी सुविधा

बैतडी : बैतडीको एक स्वास्थ्य केन्द्रले दुर्घटनामा परेकालाई स्वास्थ्य केन्द्रसम्म आउन निःशुल्क गाडी सुविधा गरेको छ। शिवनाथ गाउँपालिका-०३ मा रहेको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रले आकस्मिक दुर्घटनामा परेका र अन्य समस्या भएकालाई स्वास्थ्य केन्द्रसम्म पुग्न निःशुल्क गाडीको सुविधा गरेको हो।

स्वास्थ्य केन्द्रले जय नागार्जुन बहुउद्देश्यीय कृषक संस्थाको सहयोगमा वडाभित्रका नागरिकहरूका लागि सो सेवा उपलब्ध गराएको स्वास्थ्य केन्द्र प्रमुख मोहन कलौनीले बताउनुभयो। स्वास्थ्य केन्द्रसम्म आउन गाडि र मोटरसाईकलको व्यवस्था गरिएको कलौनीले जानकारी दिनुभयो।

स्वास्थ्य केन्द्रले समस्या पर्नासाथ संस्थाको निस्शुल्क फोन लाग्ने टोलफ्रि नम्बर समेत सार्वजनिक गरेको छ। 1810 5000138 र 9865652400 नम्बर अथवा सम्बन्धित महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्न अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.