बैतडी : मेलौली नगरपालिका-०७ गाउँकोटमा रहेको भरतपुर माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमबिच ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दको सभाध्यक्षता तथा वडाध्यक्ष रामचन्द्र भट्टको प्रमुख आथित्यमा कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक गोकर्ण दयालले बताउनुभयो। यसैगरी भूतपूर्व वडाध्यक्ष राजेन्द्रसिह कार्की बिशिस्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रधानाध्यापक दयालले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयका विभिन्न गतिविधिहरु सार्वजनिक गर्दै प्रधानाध्यापक दयालले वार्षिकोत्सब कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभएको छ। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुभएको जनाईएको छ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सघं संस्थाका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।