दुर्गा आवि जर्कुको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी– बैतडीको मेलौली नगरपालिका १ जर्कुमा रहेको दुर्गा आधारभुत विद्यालयको ५२ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। मंगलबार विद्यालयको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भास्कर सिंह नायकको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगर भीम बहादुर चन्द भुकम्प रहेका थिए ।
उक्त समारोहमा मेलौली नगरपालिका वडा न १ का वडा अध्यक्ष सरद सिंह नेगी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बार्षिक उत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो, जसमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक र अन्य सांस्कृतिक प्रस्तुती मार्फत विद्यालयको सांस्कृतिक धरोहरलाई प्रस्तुत गरेको विद्यालयले जनाएको छ।
भएका बिभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता संगै कक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरत सिंह नेगीले ५४ लाख २हजार ६सय ५९ रुपैया बरावरको विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।विद्यालयकका शिक्षक धिरेन्द्र सिंह नेगीले कार्यक्रम संञ्चालन गरेका थिए ।
२०३१ सालमा प्रावितहबाट अध्यापन सुरु भएको सो विद्यालयमा २०६० सालदेखि आवि तह सम्मको अध्यापन हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.