स्कुल्यानलाई शिक्षकको रैवार…

स्कुल है घरआइ बरे, किताब खोली हाल्या ।।
परीक्षा नजीकै आइग्या, पड्ड तम जन भुल्या ।।

परीक्षामा लेखी हाल्या, तम पास होई जाला ।।
निक्केरी पढि हाल्या हाब, नोकरी तम पाला ।।

पड्डु हो सबैकी ठुलो, यई बाटो जन भुल्या ।।
केई कुरा नजाण्यो भया, स्कुलमा सोधी हाल्या ।।

पढाई गर लेखाई गर, परीक्षा आइगया ।।
पढी लेखी ठुला भई, सम्झना लाइगया ।।

इजाबाबा गुरुजनको, भण्योको माणिहाल्या ।।
पढाईमा ध्यान दिनुभणी, होस फाम राखीहाल्या ।।

स्कुल्यानका इजबाबालाई, विन्ती छ हातजोडी ।।
खेल्ला बटेइ रोकिदिया, स्कुल्यानकी गोडी ।।

समयको ख्याल राखी,कापि किताब खोली हाल ।।
पड्या लेख्द्या काम हो भणी, वेलाइमा जाणीहाल ।।

ओ स्कुल्याउ पढि हाल, तम सबै भाई बैना ।।
आइगया परीक्षा आव, लाग्दाई चैता मैना ।।

बिना कामई जन डुल्या, एई घर उई घर ।।
मोबाइल मात्रै जन चलाया, पड्या सरा सर ।।

पढाईमा लगनशिल भया, बुद्धिको सागर ।।
हृदयमा राखी राख्या, यिन मेरा आँखर ।।

पढ़ी लेखी ठुलो हुन्या, इजबाको चाहना ।।
बयासीका परीक्षाको, तमलाई शुभकामना ।।

कृष्ण दत्त भट्ट ।

बैतडी जिल्ला मेलौली नगरपालिका ६ हतरंगा । हाल केदार शिशु सुधारक मावि. अजयमेरु ५ खोली मटेला, डडेल्धुरा ।

Leave A Reply

Your email address will not be published.