देउडा गायक टेकराज अवस्थी अस्वस्थ, उपचारका लागि सहयोगको याचना

बरिष्ठ लोक तथा देउडा गायक एवं संगीतकार टेकराज अवस्थी गम्भीर बिरामी भएका छन्। झण्डै तीन दशकदेखि देउडा गायनको क्षेत्रमा सक्रिय रहेका अवस्थी एक्कासी बिरामी भएका उनका दाजु मुरलीधर अवस्थीले बताए।

गायक तथा संगीतकार अवस्थीलाई जण्डीस र पेनक्रियाजमा ट्युमरको समस्या देखिएको बताइएको छ। अहिले उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

बैतडीको सिगास गाउँपालिका–९ गन्सुर घर भएका अवस्थी हाल कैलालीको गोदावरी–५ गेटीगाउँमा बसोबास गर्दै आएका छन्। उनले ओम डिजिटल रेकर्डिङ स्टुडियो समेत सञ्चालन गरिरहेका छन्। लोक देउडाको क्षेत्रमा अवस्थी कालजयी गीतहरु गाउनुका साथै सैयौं गीतहरुमा संगीत भरेका छन्।

लोक संस्कृति संरक्षणमा तल्लीन रहेका गायक अवस्थीको उपचारमा आर्थिक अभाव रहेकाले सबै मनकारीहरुबाट सहयोगको अपिल गरिएको उनका दाजु मुरलीधर अवस्थीले बताए। गायक अवस्थीको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले उनकी छोरी तुलसी अवस्थीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०३००२५३६३५२०००१० मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ।

साथै थप जानकारीका लागि उनका दाजु मुरलीधर अवस्थीलाई ‎९८६३११०२८९ मा सम्पर्क गर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.