देउडा गित “मेरी माया शितलु छाया” सार्वजनिक

मेलौली न्यूज
श्रावण १५ आईतबार,२०७९

देउडा गीत “मेरी माया शितलु छाया” सार्वजनिक भएको छ । चर्चित देउडा गायक तथा हाँस्य कलाकार भानुभक्त जोशीको लय शब्दमा तयार पारिएको गित निरन्तर मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भीम थापाले निर्देशन गरेको उक्त गीतमा सुदूरपश्चिमका ९ वटै जिल्लाका पर्यटकीय सम्पदाहरु तथा विर सहिदहरुले गरेको महत्वपूर्ण योगदानको चर्चा गरिएको छ । गितमा गायिका रेखा जोशी र चर्चित देउडा गायक शेरी औजीले स्वर दिएका छन् ।

विशेष डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई किस्न नेपालीले एरेन्ज गरेका छन् । भिडियोलाई सोनु बिकले छायांकन गरेका हुन भने श्रीराम फिल्मस् धनगढीले दृष्य निर्माण गरेको हो ।

निकै मेहनत लगाएर सबै स्थलहरुलाई समेटिने गरि भिडियो निर्माण गरिएको र दर्शकहरुले अत्याधिक रुचाउने सर्जक भानुभक्त जोशीले बताए ।

भिडियो हेर्न तलको लिकंमा क्लीक गर्नुहोस् ।

Leave A Reply

Your email address will not be published.