जोखिमन्यूनीकरणमा रेडक्रसको सहयोग


असोज ३१, सोमबार २०७९

बैतडी- हाम्रो विद्यालय श्री डुङग्रीखान मा.वि बैतडी जिल्लाको दुर्गम क्षेत्र पञ्चेश्वर गाउँपालिका वडा नं १ शेरी लेक भन्ने स्थानमा रहेको छ ।यस विद्यालयमा जम्मा ५७४ जना ( छात्रा ३१२ छात्र २६२ ) हाल अध्ययनरत छन ।

यो विद्यालय रहेको स्थान भौगोलिक अवस्थामा संकटासन्न रुपमा रहेको छ ।पहिरोको उच्चजोखि रहेको स्थानमा विद्यालय भवन रहेको छ ।विद्यालयका कक्षाकोठाहरु पनि फरक फरक स्थानमा छरिएका छन् ।खानेपानी,सौचालय, विद्यालयको कार्यालय,खेल मैदानकक्षा कोठाहरु भन्दामाथिल्लो भागमा रहेका छन ।दैनिक रुपमा स–सना विद्यार्थीहरु भिरको बाटो चढेर जानु पर्ने अवस्था थियो ।

केही विद्यार्थीहरु असजीलो बाटोबाट हिड्दा लडेर घाईते हुने गर्दथे ।बाटोमा हिड्डुल गर्दा भिर पाखाबाट हिडने गर्दथे ।यस विषयमा हामी के गर्ने कसरी गर्ने भने विद्यालयव्यवस्थापन समितिमा छलफल हुदै गर्दा विद्यालयमाजुनियर रेडक्रस सर्कल गठन भएर विविध संचेतनामुलक कार्यहरु, विपदको पुर्व तयारीका बारेमा छलफल गरि रहेका थियौं ।

विद्यालय सुरक्षा योजना निमार्ण गरेर कसरी विद्यालयलाई सुरक्षित बनाउने भन्ने छलफल गरि विद्यलायको असुरक्षित स्थानमा सिढी तथा रेलिङ्ग निमार्ण गर्ने योेजनाबनाई जिल्ला रेडक्रससंग आर्थिक तथाप्राविधिक सहयोग माग गरेर पठायौं ।
हाम्रो योजनाअनुसार जिल्ला शाखाबाट संचालनभएको पश्चिमविपदपुर्व तयारी परियोजनाबाट सोही स्थानमा सिढी र रेलिङ्ग निमार्ण कार्यका लागि सहयोग गर्ने गरि दुशै पक्षबाट सम्झौता गरेर निमार्ण कार्यको थालनी गरियो ।

विद्यालयको तर्फबाट गरिने जनश्रमदान लगायतका क्षेत्रहरुमा हामी विद्यालयबाट जिम्मेवारी अनुसारको कामकाज गर्योै,परियोजनाबाट सामाग्री तथा ज्याला वापतको सहयोग प्राप्तगरि विद्यालय व्यवस्थापन समिति,विद्यालय परिवार, वडा, स्थानियपालिका तथा समुदायसंग समन्य गरेर सो निमार्ण कार्य सम्पन्न गरेका छौ ।हाम्रो विद्यालयको त रौनक नै थपिएको छ, कार्य सम्पन्नपश्चातहामी धेरै खुशी छौ, स सना नानीबाबुहरु सजीलो गरि आवतजावत गर्छन । हामी सबैलाई आवतजावतमा सजिलो भएको छ,

नयाँ निमार्ण भएको सिढिबा विद्यार्थीहरु आवतजावतगर्दै
विद्यार्थीहरु : श्री डुङग्रीखर्क मा.वि, पञ्चेश्वर १ बैतडी

यस कार्यबाट भविष्यमाहुन सक्ने दुर्घटना न्यूनीकरण भएको छ । यही बाटो गरेर समुदायका व्यक्तिहरु पनि दैनिक आवतजावत गर्ने गर्नुहुन्छ । हाम्रो योजनालाई सहयोग गरेर विद्यालयमा मानविय सेवा,क्षमता विकासका कार्यहरु, विपद पुर्वतयारी तथा निमार्ण क्षेत्रका कार्यहरु गर्ने रेडक्रसलाई हाम्रो मुरी मुरी धन्यवाद छ । आगामी दिनमा पनिहाम्रो विद्यालयको जोखिम अवस्थालाई न्युनीकरण गर्न सहयोग गर्नु हुनेछ भन्ने आशा राख्दछौ ।

धन्यवाद ।
नरेन्द्र सिंह साउद प्रधानाध्यापक ,श्री डुङग्रीखर्क मा.विद्यालय, पञ्चेश्वर गा.पा. १, शेरी ।

Leave A Reply

Your email address will not be published.