दार्चुलाबाट गर्भवतीको उद्धार

कात्तिक ११,शुक्रबार २०७९

धनगढीः दार्चुलाबाट गर्भवतीको उद्धार गरिएको छ। जिल्लाको अपी हिमाल गाउँपालिका वडा नम्बर ३ की २५ वर्षीय गर्भवती निर्मला धामी बोहराको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

उनलाई प्रादेशिक अस्पताल सुर्खेत लगिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताइन्।

व्यथा लागेकी धामी जिल्लाको घण्टेश्वर स्वाथ्य चौकीमा सुत्केरी हुन नसकेपछि उद्धार गरिएको हो। राष्ट्रिपति महिला उथान कार्यक्रमबाट सेनाको हेलिकोप्टरले उनको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले बताएको छ।

Leave A Reply

Your email address will not be published.