सुदूरपश्चिममा जात्रा (जाँत) हरुको रौनक सुरु, मौलिकता हराउदै

दिपक राज दिर्घायु
कार्तिक १२ शनिबार,२०७९

बैतडी–यतिबेला बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा कुनै न कुनै दिनहरु मेलाजात्राहरु (जाँत) को रुपले मनाईदै आईरहेका छन । पुर्खाहरुले पुस्तौदेखि मनाउंदै आईरहेका मेला जात्राहरुमा पूजाआराधना गर्न र मेलाहेर्न टाढा–टाढा बाट आउने अनि आफनो कर्मथलो छोडि आ–आफनो जन्मथातमा फर्कनेहरुको संख्या पनि दिनानु दिन बढ्दै गईरहेको देखिन्छ ।

हिन्दुहरुको माहानपर्ब दशै तथा तिहार सकिए लगत्तै सुदूरपश्चिमका बिभिन्न धार्मिक शक्तिपिठहरुमा हुने मेलापर्ब (जाँत) को रौनक यतिबेला ब्यापक रुपमा बढिरहेको छ। बर्षौ दिनसम्म आफ्ना आफन्तजन, ईष्टमित्र लगायत घरपरिवार सगं छट्टिएर अगल भएर रहेकाहरु अनि दशै तिहार पनि आफना आफन्तहरु सगं सगै रहेर मनाउन नपाएकाहरु बिशेष गरेर यि यस्ता मेलापर्बहरुमा रमाउने गर्दछन ।

बर्षमा हुने यि यस्ता मेलापर्बहरुमा आफ्नो आफ्नो गाउ ठाउको रितिरिवाज अनुसार पुजाआजा गरि मनाईने गरिन्छ। कतिपय ठाउहरुमा बिभिन्न पशुहरुको बलि दिने लगायतका अरु धार्मिक मान्यताहरुको आधारमा पुजाआज गर्ने चलन रहेको छ।

कुनै बेला यि यस्ता मेलापर्बहरुलाई सभ्य र भब्य रुपले सँम्पन्न गर्न देबताका करबारियाहरु नै सक्रिय हुने गर्दथे। तर पछिल्लो समयमा बिभिन्न मेला ब्यबस्थापन समितिहरु गठन गरि मेलालाई सभ्य रुपमा मनाउनु तिर सक्रय हुदै गईरहेका छन ।

पहिलेका दिनहरुमा परम्परादेखि नै आफ्नै स्थानीय ठाउमा बिभिन्न उपभोग्यका समानहरुलाई उत्पादन गरेर तिनिहरुलाई बिक्रि बितरण गर्ने गरिन्थ्यो । अनि त्यसबाट आफ्नो दैनिक गुजारा गर्ने, अर्थिक आयआर्जन गर्ने लगायत परम्परा देखि धार्मिक, सामाजीक, सास्कृर्तिक रुपले मेलापर्बहरुलाई मनाउने परम्परा रहेको थियो । तर पछिल्लो समयमा पहिलेको तुलनामा मेलापर्बलाई मनाउने तरिका भने बद्लिदै गएको छ ।

समय परिवर्तन हुदै बदलियो अनि समय सगै मानिसहरुका हरेक चाहाना सगै जिवन जिउने शैलि बदलिदै गयो । समय परिवर्तन भएसंगै परम्परागत रुपमा मनाईने मेलाचाडपर्बहरु आध्यात्मीक एवम धार्मिक तवरले भन्दापनि तडक भडकमा बढि केन्द्रीत हुंदै मेलापर्बहरुलाई मनाउदै गएको जानकारहरु बताउछंन ।

पहिलेको समयमा हुने मेलापर्बहरुमा बालबालीका देखि बुढापाका सम्मका सबै मानिसहरुमा एउटै प्रकारको उल्लाश हुन्थ्यो । तर पछिल्लो समयमा त्यो हराउदै गईरहेको देखिन्छ । सुदुरपश्चिममा मेलापर्ब हुदा प्राय सबै ठाउमा देउडा खेलिन्थ्यो । देउडा मार्फत देबि देबताका गाधाहरु, धर्म सस्कृकिका कुराहरु रितिरिवान, चालचलन अनि रमाईला कुराहरु गरि एक अर्खालाई बिभिन्न प्रकारका प्रशनहरु सोधि सवाल जपाफ गरिन्थ्यो । देउडा खेल्दै गर्दा एक अर्खालाई सोधेको सवालको जवाफ फर्काउदा खेल्ने देउडियाहरु पनि मग्न हुन्थ्ये अनि सबै रमाईलो गर्दै मेलापर्ब मनाईन्थ्यो ।

सुदरपश्चिमका केहि स्थानमा मेलापर्बका अबशर गरि केटा र केटी बिच देउडा दोहरी घम्सा घम्सि हुन्थ्यो । देउडाकै माध्यम बाट प्रेम प्रस्ताब राख्दै बिबाहको प्रस्ताब राखिन्थ्यो । देउडाको माध्यमबाट सवाल जवाफ गरिन्थ्यो । सवाल जवाफ मार्फत केटा पक्षको जित भए अथवा दुबै पक्षको मञ्जुररि भए बिहे हुन्थ्यो । तर अहिले आएर त्यो परम्परा हट्दै गईरहेको छ ।

केहि स्थानमा कुनै मेलापर्ब अनि चाडपर्बहरु जुवातासक खेल्नकै लागी लागि हो कि जस्तो परिबेश थियो । थुप्रै जात्रामा खुल्लेआम जुवातास हुने गरेका थियो । तर पछिल्लो समयमा खुल्ले आम रुपले जात्राको अबशरमा जुवातास खेल्ने र खेलाउनेलाई कारबाहि हुने भएपछि जुवातास अनि अन्य यि यस्ता अमानबिय कृयाकलापमा भने कमि आउने थालेको हो ।

बिभिन्न ठाउमा मेलाको अबशरमा देउडा खेल्दै रमाईलो गर्ने परम्परा रहेको छ । डेउडा खेल्दै रमाईलो गरि बिभिन्न मेला पर्ब मनाउने भएपनि पछिल्लो यो बिचको समयमा देउडा संस्कृति हराउदै गईरहेको छकि जस्तो अनुभब भएको अभास हुन्छ । पछिल्लो समयका युवा पुस्ताहरुले देउडा सस्कृति तर्फ ध्यान नदिदा देउडा सस्कृति लोप हुदै गईरहेको हो ।

बढ्दो आधुनीकताबादी समाजको निमार्ण भएपछि पछिल्लो पटक देउडा हाल्ने देउडीया हरुको संख्यामा कमि आउन थालेको छ । हुनत पछिल्लो समयका युवा पुस्ताहरुले आफनो धर्म सस्कृतिलाई बिर्षिदै गईरहेका छन त्यहि भएर अब सबैले आफ्नो परम्परा, धर्म सस्कृति, रिति रिवाजलाई कायम गर्न पुर्खाहरुले धार्मिक तथा सास्कृतिक रुपले हामि माझ छोडेको ति दायित्वहरुलाई सद्भाब र शान्ती पुर्बक सम्पन्न गर्नु पर्छ । यदि यसरि हामि सबैले आजैबाट हाम्रा यि मेला पर्वहरुलाई आफनै धर्म सस्कृति अनुसार मनाउदा हाम्रा मौलिक चाडपर्वहरु सहि रुपले मनाउने हो भने हाम्रो भाषा सस्कृतिको जर्गेना हुने र मौलिक चाडपर्वहरुको लाई बचाउन सकिन्छ ।

यो अभियानमा सर्बप्रथम हामि आफै स्वयमले लाग्नुपर्ने त्यसपछि घरपरिवार समाजले एकढिक्का भई लाग्नु आवश्यक देखिन्छ। देशमा सङघियता पनि आइसक्यो गाउले स्थानिय सरकार पनि पाईसक्यो त्यहि भएर आ–आफनो क्षेत्रबाट हाम्रा मौलिक चाडपर्ब, यि चाडपर्बहरुलाई मनाउने तरिका र हाम्रो लोपउन्मुख अवस्थामा रहेको भाषा सस्कृतिलाई बचाउन लाग्यौ भने पक्कै पनि यि हाम्रा मौलिक मुल्य मान्यताहरुको जर्गेना हुने थियो कि ।

Leave A Reply

Your email address will not be published.