प्रशिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्रा ‘देहिजात’ २१ कार्तिकमा

दिपक राज दिर्घायु
कार्तिक १६ बुधबार,२०७९

बैतडी–मेलौली नगरपालीका–०१ मा रहेको प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ यस बर्ष कार्तिक २१ गते लाग्ने भएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष कार्तिक २१ गते रतेडि र २२ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए ।

देहिजातको रूपमा मानिने मेलौली भगवती मेलामा बलि सहितको भव्य जात्रा लाग्ने गर्दछ । मेलामा सुदूरपश्चिम प्रदेश,कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन ।

मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन ।मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

Leave A Reply

Your email address will not be published.