रितु ओझा
कार्तिक १७ बिहीबार,२०७९
बैतडी–मेलौलीमा रहेको प्रशिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेला ‘देहिजातँमा’को पुर्ब सन्ध्यामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार मेलौली नगरपालीका र वडा न १ को समुन्वयमा मन्दिर परिसरमा सरसफाई गरिएको नगर उपप्रमुख पार्वती बोहरा बिष्टले जनाकारी दिनुभयो ।
मेलौली भगवती मन्दिरको परिसरलाई स्वच्छ, सुन्दर र प्रदुशणमुक्त बनाउनु सरसफाई गरिएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए ।
मेलामा आउने भक्तजन र दर्शनाथींहरुलाई सहज होस् र मन्दिर परिसर सफा होस भन्ने उदेश्यले सरसफाई कार्यक्रम गरिएको वडा न १ का वडा अध्यक्ष शरद सिह नेगिले बताए ।
सरसफाई कार्यक्रममा मेलौली नगरपालीका प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशि, पालिका अन्य कर्मचारि, जनप्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय मेलौलीका ईन्चार्ज जनक सिह धामि, नेपाली सेना, म्यादी प्रहरी, मन्दिर ब्यवस्थापन समिति र स्थानिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस बर्ष मेलौली जात्रा कार्तिक २१ गते लाग्ने भएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष कार्तिक २१ गते रतेडि र २२ गते दिउसेडि मेला परेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए ।
देहिजातँको रूपमा मानिने मेलौली भगवती मेलामा बलि सहितको भव्य जात्रा लाग्ने गर्दछ । मेलामा सुदूरपश्चिम प्रदेश,कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेको उनले बताए ।