बैतडीमा एक गाउँपालिका कर्मचारीको भीरबाट लडेर मृत्यु

कात्तिक २६, शनिबार २०७९

बैतडी- बैतडीमा एक गाउँपालिका कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर अन्दाजी २८ वर्षीया सरस्वती धामी बोहराको भीरबाट लडेर मृत्यु भएको हो।

सिगास गाउँपालिका ८ लुपुँड घर भएकी सरस्वतीको घर नजिकैको खर फागलमा खर काट्ने क्रममा शनिबार दिउँसो लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ। सरस्वती डेढ महिना अघिमात्रै गाउँपालिकाको कम्प्युटर अपरेटर पदमा नियुक्त भएकी थिइन्।

Leave A Reply

Your email address will not be published.