डडेल्धुरा -डडेल्धुरामा उपभोक्ता हक अधिकारका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका वडा नम्बर ४ मा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग, भागेश्वर गाउँपालिकाको समन्वय र बहुउद्येश्यीय विकास समाज एमपिडीएस डडेल्धुराको सहजीकरणमा कार्यक्रम भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारती र एमपिडीएसका कार्यक्रम संयोजक धनबहादुर भण्डारीले सहजीकरण गरेको कार्यक्रमका प्रमुख अतिथी पालिका अध्यक्ष हेमराज चटौत थिए ।
एमपिडीएसका शिवराज पाठकले सञ्चालन गरेको कार्यक्रम भागेश्वर गाउँपालिकाको वडा नम्बर४ का अध्यक्ष बसन्त चटौतको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्थानीय स्वयमसेविका, उपभोक्ता समिति, आमा समूह, कृषक समूहका पदाधिकारी र सदस्यसंगै किशोरीको सहभागिता रहेको थियो ।