यहाँ हार्दिकता विहीन प्रेम दिवस हुन्छ ।
ओठ टोकेर एकैछिन प्रेम दिवस हुन्छ ।।तिमि यस्तै दुनिँयालाई समर्थन गर्छौ ।
मेरा लागी प्रत्येक दिन प्रेम दिवस हुन्छ ।।अप्राप्तीको पीडा मेटिए पनि ।
प्राप्तीमा झन् कठिन प्रेम दिवस हुन्छ ।।थोरै सफल अनि धेरै असफलहरुको
उहि प्रथम उहि अन्तिम प्रेम दिवस हुन्छ ।।
मुस्कुरायौ आज फेरी गयौ केही नबोलेर ।
फर्कि फर्की मलाई हेरी गयौ केही नबोलेर ।।सपनिमा स्पर्श भो विपनीमा याद आयो ।
कै छिन अङगालोमा केही नबोलेर ।।जीन्दगी यो रङग्याउन यौवनको रङग बोकी ।
आयौ तिमि जाँदा खेरी केही नबोलेर ।।तिमि जस्तै गुलाव देखे चुमिदिए तिम्रै सामु ।
लजाउंदै प्रिया मेरी गयौ केही नबोलेर ।।
रोहित भट्ट
गोदावरी नगरपालिका–७ कैलाली
हाल मेलौली नगरपालिका बैतडीमा कार्यरत ।