कतिको प्रेम चल्यो होला, प्रेम दिवसमा ।
कतिको दिल जल्यो होला, प्रेम दिवसमा ।।अस्वीकार नी भए होलान, कति प्रेम प्रस्तावहरु ।
कलिलैमा कति सपना ढल्यो होला प्रेम दिवसमा ।।कोहि भने वषौंदेखि प्रतिक्षामा, बसे होलान ।
पर्खाइमा कति मन गल्यो होला, प्रेम दिवसमा ।।मिल्यो होला कतिलाई, ज्यूने मर्ने साहारानी।
कति नयाँ प्रेम ज्योति, बल्यो होला प्रेम दिवसमा ।।सिलसिला यस्तै यस्तै, चल्दै होला वषौं देखि।
कतै झर्यो कतै फूल्यो, होला प्रेम दिवसमा ।।