केहो अप्रिल फुल? कसरी मनाउन थालियो?

आज अप्रिल १ तारिख। पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिन अर्थात मूर्ख दिवसको रुपमा मनाइने गरिन्छ। पश्चिमा देशहरुमा अप्रिल फुल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ। केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ।

झुक्याएर अर्कोलाई मुर्ख बनाएको रुपमा रमाइलो गरेर मनाउने यो चलनलाई कतिले सहज रुपमा लिने गरेका छन् भने कतिले विकृतिको नमूना भन्दै आलोचना गर्ने गरेका छन्। एकछिनको रमाइलोको लागि भन्दै साथीभाइ र अरुलाई झुक्याउने प्रवृत्तिले यसले समाजमा नकारात्मक असर पनि पुर्याउने गरेको छ।

कसरी मनाउन थालियो?

अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने एकीन तथ्यांक उपलब्ध नभए पनि मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो। तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले।

१६ हौँ शताव्दीको मध्यतिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो। तर युरोपका अन्य धेरै सहरहरूमा त्यसबेला सम्म पनि अप्रिललाई वर्षको पहिलो महिना वा अर्थात नयाँ वर्षकै रूपमा मान्ने गरिन्थ्यो।

अप्रिल १ लाई मुर्ख दिवस मनाउनुको अर्को एक कारण पनि देखिन्छ। अंग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ जुन सन १३९२ मा लेखिएको थियो, त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एण्ड टु’ उल्लेख गरे। चान्सरको मतलव सम्भवतः मार्च महिनाको ३२ औं दिन अर्थात अप्रिल २ पछि इन्ग्ल्याण्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो। तर पाठकले ३२ मार्च भन्ने बुझे। खासमा मार्च महिना ३१ दिनको हुन्छ। तर कुरा आयो १ दिनको त्यो ३१ तारिख पछिको दिनलाई मार्च ३२ भन्ने वा अप्रिल १ भन्ने यहि दोधारका बीच त्यही मार्च महिनाको ३२ औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने विश्वास पनि गरिन्छ।

Leave A Reply

Your email address will not be published.