खेतीपाती केइ राखेन, बानर रैछन् बुरा ।।
सुण दाजु दिदि बहिनी, यिन मेरा दुई कुरा।।
दुई जना राजाका सिपाई, नेपाल है भाग्दा ।।
संस्कृती लै हरान पस्यो , यै सराबका लाग्दा ।।
बिस्कुन सुकया मैले, बिछ्यौन्या दरिमा ।।
सराबले बिकृती बढ्यो, नेपाल भरिमा ।।
कैद है आयाका चोर उनीखोली भाग्दा ।।
मान्सको बर्बाद भयो ,यै सराबका लाग्दा ।।
साउनकी अनारी रात, डर लागन्छे साँझ ।।
जन गर दाजु भाई, यै जिन्दगीको नाँश ।।
वनबसाका बजारमा, बस्याका साउँछन ।।
सराब जन खा भण्याबरे, हण्णाकी आउँछन ।।
टलक्क टल्कन लागी, नाइलुनकी साणी ।।
घरको इज्जत राखी हाल, सराब सबै छाणी ।।
हिउनई रात जाणी भइछ, पिछाउडी भाग्दाले ।।
समाज बिगाडी दियो, सराबका लाग्दाले ।।
बरिखा मास गाण आइछ, मैत हाण्णउ बाउँ ।।
सराब खन्जा दाजुभाई, फलफूल किनी खाउँ ।।
बिदेश पड्कन लाग्या, बम बारुदका गोला ।।
इन मेरा लेख्याका आँखर, सम्झी दिनु होला ।।
बम्बै जान्या मोटरै हो, दिल्ली जान्या कार ।।
आब मै त इती भण्णउ, सबलाई नमस्कार ।।
कृष्ण दत्त भट्ट
हाल : श्री केदार शिशु सुधारक मावि अजयमेरु ५ खोली मटेला, डडेल्धुरा।
स्थायी ठेगाना : मेलौली नगरपालिका ६ हतरंगा बैतडी